free website hit counter

प्रवक्तामा अधिकारी नियुक्त

beemaadmin
२०७६ चैत्र २१, शुक्रबार

काठमाडौैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्तामा बसन्त अधिकारी तोकिएका छन् । मन्त्री हृदयेश त्रिपाठीले मन्त्रालयको प्रवक्तामा अधिकारीलाई बिहीबार तोकेका हुन् । मन्त्रालयका संघीय मामिला महाशाखाको प्रमुख समेत रहेका अधिकारी करिब डेढ महिना अगाडि सो मन्त्रालयमा सरुवा भएर आएका हुन् । स्पष्ट वक्ताका रुपमा चिनिएका अधिकारी सहसचिवमा नियुक्ति पाएपछि प्रदेश नं. ३ को आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, प्रदेश नं. ५ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिव हुँदै सुर्खेत जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालीसकेका छन् । प्रवक्तामा नियुक्त भएपछि अधिकारीले मन्त्रालयका गतिविधिलाई नियमित रुपमा सञ्चारकर्मीहरुलाई उपलब्ध गराउन कञ्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसअघि सो मन्त्रालयको प्रवक्तामा सहसचिव भुपराज बराल थिए । उनको महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएसँगै सो पद रिक्त थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार