free website hit counter

अस्ट्रेलियाका नेपाली विद्यार्थी अन्योलमा

beemaadmin
२०७६ चैत्र २२, शनिबार

सिड्नी । नेपाली युवाहरुको पहिलो रोजाईको गन्तव्य बनेको अष्ट्रृेलियामा रहेका विद्यार्थी कोरोना संक्रमणका कारण अहिले समस्यामा परेका छन् । विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र भ्रमणमा रहेका विदेशी नागरिकलाई स्वदेश फर्कन आग्रह गरेका हुन् । सरकारले व्यवस्थापन गरेका सेवासुविधा स्थानीय नागरिक र स्थायी बासिन्दालाई मात्र गर्न सकिने भएकाले विदेशी विद्यार्थी, नागरिक र अस्थायी बसोबास गरिरहेकाहरुलाई सहयोग गर्न नसक्ने जनाएका छन् । प्रधानमन्त्री स्कट मरिसनको यस्तो आग्रहपछि अध्ययनसहित विभिन्न कामका लागि रहेका नेपाली पनि अप्ठ्यारोमा पर्ने भएका छन् ।
अस्ट्रेलियाको शिक्षा विभागको तथ्यांक २०१९ अनुसार नेपाली विद्यार्थीको संख्या कुल अन्तर्राष्ट्रिय विद्यार्थी संख्याको ७ प्रतिशत छ, चीन र भारतपछि तेस्रो नम्बरमा नेपाल आउँछ । २०१९ मा ६६ हजार ५ सय विद्यार्थी नेपालबाट अध्ययनका लागि अस्ट्रेलिया गएका थिए । त्यस्तै, जनवरी २०२० मा भर्ना भएका ५ लाख २७ हजार अन्तर्राष्ट्रिय विद्यार्थीमध्ये ८ प्रतिशत अर्थात् ४२ हजार १ सय ६० जना नेपालका थिए । नेपालमा अस्ट्रेलियामा विद्यार्थी पठाउने झन्डै ३ हजार कन्सल्टेन्सी छन् ।
अस्ट्रेलिया सरकारले आफ्ना नागरिक तथा पीआरधारीको स्वास्थ तथा रोजगारीलाई प्राथमिकतामा राख्दै भिसा प्रक्रियामा नयाँ परिवर्तन गरेको छ । यसबाट अस्ट्रेलिया बस्दै आएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष कामदार तथा भ्रमण भिसामा गएका अर्थात् अस्थायी भिसावाहक प्रत्यक्ष मारमा पर्नेछन् । अस्ट्रेलियाको मानव सेवा, नागरिकता र बहुसांस्कृतिक मामिला मन्त्रालयले अस्थायी भिसामा बसोबास गर्ने झन्डै २१ लाख १७ हजार व्यक्तिमा यो नियम आकर्षित हुने जनाएको छ ।अस्ट्रेलियामा महामारीका कारण पार्टटाइमको काम गर्ने अवसरबाट विमुख अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा भने कुनै सहुलियतको योजना छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार