free website hit counter

साउदी राजपरिवारमै सल्कियो कोरोना

beemaadmin
२०७६ चैत्र २८, शुक्रबार

एजेन्सी । रोगले कसलाई सताउँछ थाहा हुँदैन । रोगले साना ठूला कसैलाई छाड्दैन । कोरोना भाईरसले साउदी अरबको शाही परिवारका १५० जना संक्रमित भएका छन् । साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन ।
यस्तै युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा बस्न थालेको न्युयोर्क टाईम्सले जनाएको छ । राजपरिवारको उपचारमा किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु संलग्न भएको बताइएको छ । रोनाको उपचारका लागि अस्पतालले थप ५ सय शैयाको ब्यवस्था गरेको छ । साउदीमा विशिष्ठ ब्यक्तिहरुको उपचार किंग फैसल स्पेशलिस्ट अस्पतालमा गरिदै आएको छ । साउदी अरबमा कोरोनाका कारण अहिलेसम्म ४४ जनाको मृत्यु भैसकेको छ भने ३ हजार २ सय ८७ जना संक्रमित भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार