free website hit counter

चार सहसचिवको सरुवा

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना सहसचिवहरुको सरुवा गरेको छ । यसरी सरुवा हुनेमा मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा लामो समयदेखि बसेका बाबुराम अधिकारी पनि परेका छन् । उनलाई श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै मन्त्रालयमा केही महिनाअघि मात्रै पदस्थापना गरिएका सहसचिव यमलाल भुसाललाई प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रविराज पन्त प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा पुगेका छन् । पन्तले बुधबारै पदबहाली गरेको बुझिएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयका सहसचिव वीरबहादुर राई राष्ट्रिय योजना आयोगमा पुगेका छन् । राई सामाजिक विकास मन्त्रालयको सहसचिवमा विगत एक वर्षभन्दा अघिदेखि कार्यरत थिए । संघीय मामिला मन्त्रालयबाट दुई सहसचिवलाई अन्यत्र सरुवा गरिए पनि त्यहाँ कुनै नयाँ सहसचिव ल्याइएको छैन ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार