free website hit counter

सिटिजन लाइफले गरायो सबै कर्मचारीको कोरोना बीमा

beemaadmin
२०७७ बैशाख १५, सोमबार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरुको सुरक्षालाई ध्यानमा राख्दै नयाँ कोभिड–१९ बीमा गरिदिएको छ ।  माहामारीविरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाखको बीमालेख प्रदान गरेको हो । उक्त बिमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुका लागि शिखर इन्स्योरेन्सबाट सामुहिक बीमालेख खरिद गरेको हो ।

बीमा समितिद्वारा कोरोनाभाइरस (कोभिड–१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बिमालेख जारी भएपछि  सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ ।

यस बिमालेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी विकाससा अग्रणी भूमिकामा रहँदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई  बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि फोन पेमार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।

सम्बन्धित समाचार