कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । हाँस्य टेलिश्रृंखला भद्रगोलमा विलासेको भूमिका निर्वाह गरेर चर्चामा आएका कार्की अहिले लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनी बस्दै आएको घरमा नै आइसोलेसनमा रहेका छन् । पहिलाको भन्दा आफूलाई सहज भएको सुवासले कुमार कट्टेल ‘जिग्री’सँगको कुराकानीमा बताएका छन् । सुवास लण्डनमा सुरक्षा सम्बन्धि काम गर्छन् । उनको परिवार पनि उतै छन् । सुवासलाई कोरोना देखिएपछि उनको परिवारमा पनि डर थपिएको छ । सुवासको एक छोरा र एक छोरी छन् ।