एजेन्सी । कोरोनाविरुद्धको युद्धमा अग्रपंक्तिमा लड्न स्वाथ्यकर्मी कोरोना संक्रमणबाट मृत्यु भइरहेको बेला कोरोना संक्रमणको समाचार संकलन गर्ने र आम जनमानसलाई जानकारी दिने ५५ जना पत्रकारको विश्वभर मृत्यु भएको छ । महामारीको समाचार सङ्कलनका लागि जाँदा उचित स्वास्थ्य सावधानिका पोषाक अभावमा कोरोना संक्रमित भएका ५५ जना पत्रकारको मृत्यु भएको प्रेस अभियान (पीईसी) ले जनाएको छ । पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ सञ्चारकर्मीमा सङ्क्रमण भेटिएको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएपछि पीईसीले सञ्चारकर्मीहरुलाई काममा लगाउँदा सुरक्षा सतर्कताका न्यूनतम पोषाकको प्रबन्ध गर्न आह्वान समेत गरेको छ ।