free website hit counter

अस्ट्रेलिया दूतावासले भन्यो– जाेखिम किन माेल्नु हुन्छ ?

beemaadmin
२०७७ बैशाख २२, सोमबार

सिड्नी । नेपालले कुनै पनि देशबाट नेपाल आउन यात्रा अनुमति दिएको छैन । आफ्नै नागरिकलाई समेत रोकेको छ भने नेपालबाट विदेश जान चाहनेको हकमा खुला गरेको छ । यही बेला अस्ट्रेलियास्थित नेपालीहरूलाई उद्धार गरी नेपाल फर्काउने माग आइरहेको बेला नेपाली दूतावासले भने अहिले यात्रा गर्नु सुरक्षित नहुने जनाएको छ । नेपाली राजदूतावासले केही समयको लागि धैर्यधारण गरी जो जहाँ छ, त्यहीँ सुरक्षित रूपमा रहन अनुरोध गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, यस विषम परिस्थितिमा स्वदेश फर्किने नेपाली नागरिकहरूलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकहरूको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यस अवस्थामा यात्रा गर्नु त्यति सुरक्षित नहुने जस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ । कसैलाई खान, बस्नलगायतका अन्य केही समस्या भएमा तत्काल यस राजदूतावासमा र भिसासम्बन्धी जिज्ञासा वा समस्या भएमा अस्ट्रेलियन इमिग्रेसनमा सम्पर्क राख्नसमेत दूतावासले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार