free website hit counter

नौ जना नेपालीलाई मलेसियामा कोरोना संक्रमण

beemaadmin
२०७७ बैशाख २६, शुक्रबार

क्वालालम्पुर। विश्वव्यापी महामारी कोरोना संक्रमणले प्रवासमा रहेका सयौं नेपाली प्रभावित बनेका छन भने ५० भन्दा बढी नेपालीले ज्यान समेत गुमाइसकेका छन् । पछिल्लो समय मलेसियामा ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । मलेसियाको पेतालिङ जायास्थित चेरस मलमा खटिएका ९ जना नेपाली गार्डमा कोरोना भाइरस पोजेटिभ पाइएको हो । उक्त मलमा १० जनामा पोजेटिभ पाइएको भन्दै मलेसियाको स्वास्थ्य मन्त्रालयले १ जना स्थानीय मलेसियन र ९ जना नेपाली नागरिक रहेको जनाएको छन । मलेसियाको स्वास्थ्य विभागका महानिर्देशक डा. नुर हिसाम अब्दुल्लाहले संक्रमित नेपाली सोही मलमा बस्ने गरेको विहीबारको दैनिक ब्रिफिङमा जानकारी दिएका छन् । मलेसियामा विहीबार ३९ नयाँ कोरोना संक्रमित भेटिएसगै हालसम्म ६ हजार ४ सय ६७ पुगेका छन । त्यस्तै मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । यस अगाडी मलेसियामा ३ नेपालीमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । २ जना उपचार पछि निको भएर फर्किएका थिए भने बाँकी १ जनाको उपचार भइरहेको जनाएको ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार