free website hit counter

चिकित्सकमाथि बलात्कारको आरोप

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

जनकपुर । समाजमा सम्मानित र आदर्श मानिएको चिकित्सकमाथि नै बलात्कारको आरोप लागेपछि समाज कस्तो बन्ला ? बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एक चिकित्सक पक्राउ परेका छन् । झापाकी एक २८ वर्षीया महिलालाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका ती डाक्टर पक्राउ परेका हुन् । झापाकी एक २८ वर्षीया महिलाले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरीको आधारमा प्रादेशिक अस्पताल जनकपुरका फिजियो थेरापिस्ट ३५ वर्षीय डा. राजेश मण्डललाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । झापा घर भई जनकपुर बस्दै आएकी महिलाले आफुलाई पटक–पटक जवरजस्ती करणी गरेको प्रहरीमा उजुरी दिएपछि डा। मण्डललाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । पीडित महिलाले गएको बैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएकी थिइन् । सोहि दिन डाक्टर मण्डललाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जनाए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार