free website hit counter

फेरि थपिए ९ जना संक्रमित (काे कहाँका ?)

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं । नेपालमा कोरोना संक्रमणले महामारीको रुप लिन थालिसकेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । शुक्रबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो। मकवानपुर निवासी ३७ वर्षिय पुरुष, बाँके, नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षिय पुरुषहरुमा संक्रमण पुष्टि भएको हो। हालसम्म प्राप्त विवरण अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताइएको छ। यससँगै कुल संक्रमितको संख्या २५८ पुगेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार