free website hit counter

८ लाख मानिसको हत्या गर्ने नरसंहारकारी समातिए

beemaadmin
२०७७ जेष्ठ ४, आईतवार

जेन्सी । रुवान्डाको नरसंहारका मोस्ट वान्टेड आरोपी फेलिसिएन काबुगा शनिबार फ्रान्सको पेरिसबाट पक्राउ परेका छन् । २० औँ शताब्दीको सबैभन्दा खराब जातीय नरसंहार मानिने रुवान्डाको नरसंहारमा प्रमुख भूमिका निभाएको आरोप लागेका काबुगा २५ वर्षदेखि फरार रहेका थिए । रुवान्डाको ‘मोस्ट–वान्टेड’ सूचीमा रहेका उनको टाउकोमाथि ५० लाख डलरको पुरस्कार पनि राखिएको थियो । ८४ वर्षीय काबुगा फ्रान्समा एउटा फ्ल्याटमा छद्म नाममा बस्ने गरेका थिए । फ्रान्सको प्रहरीले जारी गरेको विज्ञप्तिमा उनलाई विश्वकै मोस्ट वान्टेड अपराधी भनिएको छ ।
हुतु जातिका व्यवसायी रहेका काबुगामाथि सन् १९९४ मा १ सय दिनको अवधिमा भएको ८ लाख अल्पसंख्यक तुत्सी समूदायको नरसंहारलाई वित्तपोषण गरेको आरोप छ । सन् १९९४ मा भएको रुवान्डाको नरसंहारलाई लगानी गरेको आरोप लागेका फेलिसिएन काबुगा त्यसयता जर्मनी, बेल्जियम, कंगो केन्या र स्वीटजरल्याण्डमा लुक्दै आएका थिए ।
उनको पक्राउसँगै उनलाई पेरिसको अदालत र त्यसपछि हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा प्रस्तुत गर्ने बाटो खुलेको छ । रुवान्डामा गरिएको अनुसन्धानमा राजधानी किगालीमा भेटिएको आर्थिक दस्तावेजमा काबुगाले आफ्नो कम्पनीबाट ठूलो संख्यामा मुह्सेटी (एक प्रकारको तरवारजस्तै हतियार) आयात गरेका थिए । ती हतियार नरसंहारमा व्यापक प्रयोग भएका थिए ।
काबुगाले रेडियो टेलेभिजन मिले कोलिनस पनि स्थापना गरेका थिए जसमा तुत्सीविरुद्ध प्रोपोगान्डा कार्यक्रमहरु चलाइन्थ्यो । उनीमाथि विद्रोहीलाई प्रशिक्षण पनि दिएको आरोप लगाइएको छ । काबुगा पूर्वराष्ट्रपति जुभेनाल हाब्यारिनामाका नजिक थिए । उनको विमान खसाइएपछि नै रुवान्डामा १ सय दिन लामो नरसंहार चलेको थियो । काबुगाकी छोरीले हाब्यारिनामाका छोरासँग विवाह गरेकी थिइन् । (अलजजिरा)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार