free website hit counter

यस्ती श्रीमती सत्रुलाई पनि नपरोस्

beemaadmin
२०७७ जेष्ठ ५, सोमबार

विराटनगर । एक रथका दुई पाङ्गा भएर जीवनमा सँगै बाँच्नेसँगै मर्ने कसम खाएकी श्रीमती नै कसैका लागि काल बनेर आउँछिन् भने भन्नै पर्छ यस्ता श्रीमती शत्रुलाई पनि नपरोस् । त्यो पनि एक अर्काबीच लामो समय प्रेम गरेर विवाह गरेको जोडी । विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आइतबार भएको हत्यामा श्रीमतीकै संलग्नता रहेको प्रहरीले निश्कर्ष निकालेको छ । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले श्रीमती मीना श्रेष्ठ दुलालकै योजनामा हत्या भएको निश्कर्ष निकालेको हो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मीनासँगै अर्का युवक ब्रम्हदेव साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साह दुलालले सञ्चालन गर्ने माँ देव पाथीभरा फर्माका पूर्वकर्मचारी हुन् । विराटनगर महानगरपालिका– १० मधुमारा बस्दै आएका सुनसरीका खनारका ३३ वर्षीय दुलाल अचेत भएको भन्दै शनिबार राति करिब ३ बजे श्रीमतीले गोल्डेन अस्पताल ल्याएकी थिइन् । अस्पतालले राति नै मृत्यु भएको बताएको थियो । प्रहरी स्रोतका अनुसार साह र आफ्नी श्रीमतीको अबैध सम्बन्धका बारेमा दुलालले केही दिनअघि थाहा पाएका थिए । त्यसपछि उनीहरुबीच विवाद बढेको थियो । श्रीमानसँग विवाद बढेपछि महिलाकै योजनामा घटना भएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ ।
डोरीले घाँटी बाधेर हत्या शनिबार राति दुलालको घरमा औषधि व्यवसायी हरिमोहन श्रेष्ठ र धनबहादुर काफ्ले पुगेका थिए । दुई जना राति करिब नौ बजे दुलालको डेराबाट निस्किएका थिए । साथीहरु निस्किएपछि दुलाल छुट्टै ओछ्यानमा सुतेका थिए । श्रीमती मीना र ८ वर्षका छोरा अर्को ओछ्यानमा सुतेका थिए । सुतेको बेला दुलालको हत्या भएको प्रहरीको निश्कर्ष छ । प्रहरीले हत्यामा प्रयोग भएको डोरी दुलालको घरनजिकै झाडीमा भेटेको थियो । उनको घाँटीमा डोरीले बेरेको निलडाम र निधारमा ठूलो चोट छ । निधारको चोट भने प्रतिकार गर्न खोज्दा खाटमा ठोक्किएर लागेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार