free website hit counter

छोराको अपराध बुहारीले खुस्काएपछि…

beemaadmin
२०७७ जेष्ठ ९, शुक्रबार

दैनिक ज्याला मजदुरी गरेर कमाएको पैसाले लकडाउनका बेला रक्सी पिएर जेठा र माइला छोराले आफनै बाबुको हत्या मात्र गरेनन घरभित्रै खाल्डो खनेर गाडेपछि सँगै रक्सी पिएर बिदा भएका थिए ।

विराटनगर महानगरपालिका– १४ का ६९ वर्षिय सीताराम चौहानको हत्या उनकै जेठा छोरा २९ बर्षिय रोहित र २६ बर्षिय नागेन्द्र चौहानले रक्सीको सुरमा ३ जेठ साँझ हत्या गरेर घरभित्रै खाल्डो खनेर पुरेका थिए । त्यसपछि उनीहरु फेरि सँगै रक्सी खाएर छुटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार शनिबार राती ८ बजे रक्सी खाएर घर पुगेका दुई छोराले बुबालाई समान्य बिबादमा कोदालो प्रहार गरेर हत्या गरेका थिए ।

यसरी मारेका थिए दाजुभाइले
प्रहरीका अनुसार सीतारामका तीन जना छोरा छन । ठेला कुदाउने कान्छा छोरा लकडाउनपछि बेपत्ता छन । जेठा र माइला छोरा जनमजुदरी गरेर जिविका चलाउथे । विवाहित माइला छोरा विराटनगरको भट्टीमोडमा परिवारसँगै बस्ने गर्थे । अविवाहित जेठा रोहितचाँही बाबुसँगै घरमा बस्थे । मजदुरीबाट कमाएको पैसा उनीहरुले बुबालाई पनि दिने गरेका थिए ।

शनिबार नागेन्द्र र रोहितले जनमजदुरी गरेको १८ सय र १६ सय रुपैयाँ पाएका थिए । त्यो दिन उनीहरुले केही कपडा किनेर बाँकी पैसाले मस्त रक्सी खाएका थिए । कमाएको पैसा रक्सीमा खर्च भएपछि शनिवार साँझ जेठा रोहिते बाबु सितारामको गालीबाट जोगिन भाइ नागेन्द्रलाई पनि घरमै लिएर गएका थिए । घर पुगेपछि बाबुले कमाएको पैसा मागेपछि उनीहरु बिच बिबाद सुरु भएको थियो । पैसा नदिएको झोंकमा बाबु सितारामले गालीगर्दै उनीहरुलाई खाटबाट लडाईदिएका थिए । रक्सीको झोंकमा रोहितले कोदालो टिपेर बाबुको टाउकोमा प्रहार गरेर हत्या गर्छन । छोराले हानेको कोदालो लागेर ठाउँको ठाउँ ठहरै भएका बाबु सितारामलाई दाजुभाइ मिलेर अपराध लुकाउन घर भित्रै खाल्डो खनेर पुरिदिएका थिए । अनि राती अवेर सम्म रक्सी खाएर दाजुभाइसँगै सुतेका थिए ।

बुहारीको सहयोगले पुग्यो प्रहरीमा सूचना
बाबुको हत्या गरि घरभित्रै पुरेर ४ जेठ आइतबार बिहान विराटनगर फर्केका भाइ नागेन्द्रको सर्टमा रगत लागेको उनकी श्रीमतीले देखेकी थिइन । लकडाउनको बेला सधै पैसा माग्न आइरहने ससुरा सिताराम चार दिनसम्म बेपत्ता भएपछि बुहारी श्रीमान नगेन्द्रलाई लिएर बाबुको घर पुगेकी थिइन । घरभित्रै खाल्डो खनेर पुरेको आलोमाटो देखेपछि उनले श्रीमान नगेन्द्रलाई लिएर इलाका प्रहरी रानीमा गएर खवर दिएकी थिइन ।

सूचनाका अधारमा इप्रका रानीबाट खटिएको प्रहरीले बुधबार साँझ उत्खनन गर्दा बाबु सितारामको शब बरामद गरेको थियो । साँझ आफै घटनास्थल पुगेका एसपी अधिकारीका अनुसार दुबै दाजुभाइलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दुबैले अपराध स्विकार गरेका थिए । प्रहरीले दुबैलाई कर्तव्य ज्यान कसुरमा अदालतमा मुद्दा दर्ता गराएको छ । गणेश लम्साल, जनआस्था डटकमबाट

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार