free website hit counter

के गर्दै हिँड्छन् मध्य राति पूर्व युवराज पारस ?

beemaadmin
२०७७ जेष्ठ १०, शनिबार

पोखरा । आफ्नो पुरानो छवि सुधार्ने प्रयास गरे पनि उनको व्यवहारले पुरानै शैली प्रदर्शन गरिरहेको छ । परिवारसँगको बेमेलले पोखरातिर एक्लै बरालिएका पूर्व युवराज पारस शाह लकडाउनका बीचमा रातको २ बजे के गर्दै हिँडिरहेका छन् ? पूर्व युवराज पारस चढेको गाडीले पोखरामा करिब साढे २ बजेको समयमा पोखरा पृथ्वीचोकमा एउटा गोरुलाई ठक्कर दिएर मारेको छ । पूर्वयुवराज शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले मध्यरातमा गोरुलाई ठक्कर दिएको हो । गाडीको ठक्करपछि घटनास्थलमै गोरु मरेको प्रहरीले बताएको छ । तर गाडी भने पारस आफैंले नचलाएको प्रहरीले बताएको छ । गाडीमा ३ जना सवार थिए । मध्यरातमा पूर्वयुवराज पारसको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लैजाँदै गर्दा दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि चालक अशोक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार