free website hit counter

छि यस्ता पनि बाबु

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

काठमाडौं । कोरोना सन्त्रास र लकडाउनले मुलुक ठप्प छ । कहाँ के हुन्छ भन्ने त्रासबीचमा आम नागरिक रहेका बेला गिद्दको आँखा सिनोमै भनेझैं अपराधीहरुको मन भने अपराधमै रहेको हुन्छ । सिन्धुपाल्चोकमा १८ व​र्षीया छोरी बलात्कारको अभियोगमा बाबु पक्राउ परेका छन् । मेलम्ची प्रहरी कार्यालयले छोरी बलात्कार गरेको अभियोगमा मेलम्ची नगरपालिकाका ४३ वर्षीय बाबुलाई पक्राउ गरेको हो ।
बुधबार दिउँसो पीडित युवतीकी आमाले दिएको जाहेरीपछि अभियुक्त बाबुलाई पक्राउ गरिएको मेलम्ची प्रहरी प्रमुख फलबहादुर तामाङले जानकारी दिए । अभियुक्तले विगत ४ वर्षदेखि बलात्कार गरेको भन्दै आमाको उजुरी आएको र अभियुक्तलाई पक्राउ गरी थुनामा राखिएको उनले बताए । घटनाबारे थप अनुसन्धान गरी जबरजस्ती करणी अन्तर्गत मुद्धा दायर गरिने तयारी थालिएको तामाङले बताए ।

बलात्कार आरोपमा शिक्षक पक्राउ
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक किशोरी बलात्कृत भएकी छिन् । उनवलियाकै २८ वर्षीय गोरखनाथ लोहारले ती किशोरीलाई बलात्कार गरेको आरोप लगाउँदै परिवारले प्रहरीमा उजूरी दिएको छ । नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक समेत रहेका लोहारले गएराति किशोरीलाई जर्बजस्ती घरको पछाडि पु¥याई सो हर्कत गरेको आरोप लगाइएको छ । राति परिवारले किशोरीलाई बेहोशावस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थियो । घटनापछि फरार अभियुक्त लोहारको खोजी भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए । पीडितको शिवराज अस्पतालमा उपचार भइरहेको छ ।

बलात्कार आरोपमा ३ जना पक्राउ
पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरीका परिवारको किटानी जाहेरीका आधारमा स्थानीयवासी अभियुक्त २८ वर्षीय, ४३ वर्षीय र २४ वर्षीय युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार