free website hit counter

कर्मचारीका कुन–कुन भत्ता काटिए ? कुन कुन पाउँछन् ?

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

काठमाडौं । लकडाउनका कारण घरैमा दुई महिनाभन्दा बढी समय गुजारिसकेका कर्मचारीलाई अर्को चिन्ता थपिएको छ भत्ता कटौती । यो महंगीमा तलब बढ्नु त कता हो कता खाईपाई आएको भत्ता समेत काटिएपछि कसरी घर परिवार चलाउने ? सबै कर्मचारीले दायाबायाँ गरेर कमाएका हुँदैनन् । तलब भत्ताकै भरमा घरवार चलाउने कर्मचारी धेरै छन् । त्यसैले पनि तलब भत्ता काटिँदा चिन्ता हुनु नौलो होइन । भत्ता काटिँदा तलबकै भरमा घरपरिवार चलाउन सक्ने अवस्था पक्कै छैन ।
सरकारले आगामी आर्थिक वर्षको लागि सरकारी कर्मचारीको भत्ता रोक्का गरेको छ। कोरोनाका कारण देखाँउदै सरकारी कर्मचारीहरुले खाइपाइ आएको भत्ता र थप सुविधा कटौती गरिएको हो । यस अघि कर्मचारीहरुले पाउँदै आएका फिल्ड भत्ता, आन्तरिक बैठक भत्ता, कर्मचारी प्रोत्साहन र पुरस्कारको रकम, स्थानीय भत्ता, वैदेशिक भत्ता,सामाजिक सहायता र सवारी साधनको सन्चालन तथा सम्भार खर्च पनि कटौति भएको अर्थमन्त्रालयले जनाएको छ । यद्यपि कर्मचारीका सबै सेवा सुविधा कटौती भएको होइन् । अर्थमन्त्रालयका अनुसार कर्मचारीले पाउँदै आएको पोसाक भत्ता, खाद्यान्न भत्ता, चाडवाड भत्ता, औषधोपचार भत्ता, महंगी भत्ता, दुर्गम भत्ता र अन्तर निकायको बैठक भत्ता काटिएको छैन । यद्यपि, कोरोना नियन्त्रण कार्यमा अग्रमोर्चामा रही काम गरिरहेका कर्मचारीको भत्ता काटिने छैन। सरकारी कर्मचारीहरुले घर बनाउन र सन्तान पढाउनका लागि सस्तो ब्याजदरमा ऋणको सुविधा भने पाउने भएका छन् ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार