free website hit counter

लकडाउनमा अपराधसँगै आत्महत्या गर्ने पनि बढे

beemaadmin
२०७७ जेष्ठ १८, आईतवार

काठमाडौँ । कोरोना लागेरै मरेको नदेखिए पछि मृत्युपछि कोरोना प्रमाणित भएका जम्मा सात जना मात्रै हुन् नेपालमा । तर लकडाउनको अवधिमा आत्महत्या गर्नेको संख्या भने दैनिक १६ जनाबाट बढेर दैनिक १७ जना पुगेको छ । किन मानिसमा निराशा बढाइरहेको छ ? के कोरोनाकै आतंक र निराशाले मानिसलाई जीवनदेखि दिक्क लागेको हो ? लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७६–७७ को सुरुवाती आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए । अपराधको दर पनि पछिल्लो समयमा बढेको छ । प्रहरीको तथ्यांकमा लकडाउन सुरु भएको दिन चैत ११ देखि जेठ १० गतेसम्म ९ सय ६३ जनाले आत्महत्या गरेको देखिन्छ । हिँडडुलमा प्रतिबन्ध भएर हुन सक्छ, आत्महत्याको शैली लकडाउनमा बदलिएको छ । विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ तर झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ ।
प्रहरी प्रवक्ता डीआईजी नीरजबहादुर शाहीले सामान्य अवस्थामा व्यक्तिगत, आर्थिक र सामाजिक कारणले आत्महत्याका घटना हुने गरेको बताए । विभिन्न अध्ययनले सन् २०३० पछि संसारका तीनमध्ये एक जना मनोपीडित हुने दाबी गर्दै आएका थिए । तर कोरोना आतंकका कारण दशकअगावै अर्थात् सन् २०२० मै संसारले यो नियति झेल्नुपर्ने देखिएको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेराईका अनुसार कोरोनाको प्रकोप मानसिक रूपमा कति दर्दनाक हुन्छ, अहिले भन्न गाह्रो छ ।
जबर्जस्ती करणीका घटना सामान्य अवस्थामा दिनमा ६ वटा हुने गरे पनि लकडाउनको सुरुवाती दिनमा यसको संख्यामा उल्लेख्य कमी आएको थियो । त्यति बेला जबर्जस्ती करणीका घटना दिनमा दुईवटा भएका थिए । त्यसपछिका ४५ दिनमा भने औसतमा चारवटा घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउन सुरु भएयता जेठ १० गतेसम्मको ६१ दिनमा मात्रै २ सय १४ वटा घटना प्रहरीमा दर्ता भएका छन् । सामान्य दिनमा औसतमा दैनिक दुईवटा जबर्जस्ती करणी प्रयास हुन्थ्यो भने लकडाउनमा यस्तो घटना दिनमा एकभन्दा पनि कम भएको देखिन्छ । प्रहरीका अनुसार लकडाउनको ६१ दिनमा जबर्जस्ती करणी प्रयासका ५७ घटना भएका छन् । लकडाउनमा बालयौन दुराचारका घटनामा भने उल्लेख्य वृद्धि भएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार