free website hit counter

नेपाल इन्स्योरेन्सको लाभांश खातामा

beemaadmin
२०७७ असार १५, सोमबार

काठमाडौं । नेपाल इन्स्योरेन्सले शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाउन थालेको छ। असार ५ गते सम्पन्न बार्षिक साधारण सभाबाट पारित भएको २।८९ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको हो। इन्स्योरेन्सले चैत ३ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको बैंक खातामा नै नगद लाभांश जम्मा गरिएको जनाएको छ। त्यसपछि बैंक खाता अद्यावधिक गर्ने शेयरधनीहरुको हकमा समेत लाभांश बैंक खातामा नै जम्मा गरिने जनाएको छ। यस्तै, हालसम्म शेयर प्रमाणपत्र अभौतिकिकरण नगरेका शेयरधनीहरुले डिम्याट खाता रहेको सम्बन्धित ब्रोकरमा अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ। असार ५ गते सम्पन्न साधारण सभाले पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २।८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुगेको छ।

सम्बन्धित समाचार