free website hit counter

रक्सीले मताएर युवती बलात्कार

beemaadmin
२०७७ असार २१, आईतवार

काठमाडौं । समाजमा महिला हिंसा र अपराधका घटना डरलाग्दो गरी बढेको छ । दिननिदनै जसो बलात्कार, हत्या जस्ता घटना भइरहेको बेला काठमाडौ उपत्यकाको कपनमा १४ वर्षीया किशोरी र माकलबारीमा अन्दाजी ३० वर्षीया युवतीमाथि बलात्कार भएको छ । प्रहरीका अनुसार यी दुवै घटना गएराति भएका हुन् । १४ वर्षीया किशोरीलाई ललाईफकाई बलात्कार गरेको आरोपमा भैरहवा घर भई कपन बस्ने ४० वर्षीय देशबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ती किशोरीलाई प्रलोभनमा पारेर बलात्कार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ । ती किशोरीले आइतबार बिहान बौद्ध प्रहरीमा जाहेरी दिएपछि गुरुङ पक्राउ परेका हुन् । यस्तै माकलबारी घटनामा पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोक घर भएका भुवन बिष्ट र दोलखा घर भएका पासाङ शेर्पा पक्राउ परेका हुन् । गएराति युवतीसँगै उनीहरुले रक्सी खाएका थिए । रक्सीले आफूलाई झ्याप बनाएपछि उनीहरुले बलात्कार गरेको ती पीडित युवतीले प्रहरीसमक्ष बयान दिएकी छन् । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकलाई हेर्ने हो भने लकडाउनको समयमा नेपालमा बलात्कारको ग्राफ बढ्दो छ । बलात्कार मात्र नभएर चोरी, हत्या र आत्महत्या जस्ता घटनाहरु पनि बढेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी श्यामलाल ज्ञवाली बताउँछन् । चैत ११ देखि जेठ १० गतेसम्ममा बलात्कारका ३ सयभन्दा बढी मुद्धा दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता निरज शाहीले बताए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार