free website hit counter

अप्ठ्योरोमा परेपछि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

beemaadmin
२०७७ जेष्ठ १३, मंगलवार

काठमाडौं । सहज रहुञ्जेर आफ्नै पार्टीका समान हैसियतका नेतालाई समेत नपुछेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्था असहज भएपछि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो । आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी नियन्त्रण बारेमा छलफल हुनेछ । हालै सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको छ भने सो नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यस्तै कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् ।यसअघि वैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो ।

सम्बन्धित समाचार