free website hit counter

अप्पर सोलु हाइड्रोले आईपीओ जारी गर्न थाल्यो प्रक्रिया

beemaadmin
२०७७ चैत्र २५, बुधबार

काठमाण्डौ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ । आइपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाउँदै कम्पनीले गत चैत १६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। कम्पनीले रु. ३३ करोड बढीको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले रु. १०० अंकित दरका कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। यो कुल ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ हुनेछ। कम्पनीले सर्वसाधारण र स्थानीयका लागि आईपीओ निष्कासन गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार