काठमाडौं । अब बैंकहरुले पनि शेयर कारोबार गर्न पाउने भएका छन् । प्रतिनिधिसभाको अर्थ समितिले बैंकहरुलाई सहायक कम्पनी खोलेर ब्रोकर लाईसेन्स लिई शेयर कारोबार गर्न बाटो खोलेको हो । ११ महिनाअघि गठन गरेको पुँजि बजार तथा मुद्रा बजार सम्बन्धी उपसमितिकी अध्यक्ष रामकुमारी झाँक्रीले अर्थ समितिमा बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरिएको छ । यससँगै अब बैंकले आवश्यक प्रक्रिया पुरा गरी ब्रोकर लाईसेन्स पाउने भएका छन् ।