free website hit counter

आइएमई जनरल इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा अभिकर्तालाई तालिम

beemaadmin
२०७७ माघ १७, शनिबार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिएको छ ।

माघ ११ देखि १४ गते सम्म संचालन भएको उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको सहभागीता रहेको थियो ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेल्ने अपेक्षा कम्पनीले गरेको जनाएको छ ।

सम्बन्धित समाचार