काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको घरैमा पुगेर मृत्यु दावी भुक्तानी दिएको छ । नवलपरासीमा बीमितको मृत्युपछि कम्पनीले घरैमा पुगेर दाबी भुक्तानी गरेको हो । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित नरसिंह कहारको परिवारलाइ घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।
आइएमई लाइफ कम्पनीमा बीमा गरेका नरसिंहको बीमा गरेको एक वर्ष भित्रै कालगतिले मृत्यु भएको थियो । कम्पनीका प्रदेश प्रमुख एजिएम ऋषिभक्त ढकालको उपस्थितिमा कम्पनीको परासी शाखाका प्रमुख अमरदीप गुप्ताले बीमितकी पत्नी गीता कहारलाई ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बीमितले उक्त कम्पनीमा एक वर्ष अगाडि रु पाँच लाखको बीमा गरेका थिए ।