free website hit counter

आइएमई लाइफले दियो १ करोड मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ श्रावण २१, बिहीबार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको असामयिक निधनपछि मृत्यु बीमा भुक्तानी आश्रित परिवालाई दिएको छ । कम्पनीले बीमित सूर्यबहादुर खड्काको मृत्युपछि एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको जनाएको छ । एक कार्यक्रमको आयोजना गरी कम्पनीका सिईओ कवि फुयाँलले बीमितकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गर्नुभएको हो । खड्काले कम्पनीको प्रदेश १ को शाखा कार्यालय गाईघाटबाट २०७६ असार ३१ मा जीवन बीमा गरेका थिए । खड्काको २०७८ असार १५ गते उपचारका क्रममा मृत्यु भएको हो ।

सम्बन्धित समाचार