काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापकले काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको कित्ता विवरण खुलाई ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।