free website hit counter

आईसीसीको निलम्बन फुकुवासँगै पारस खड्काको राजीनामा

beemaadmin
२०७६ आश्विन २८, मंगलवार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपालमाथिको निलम्बन फुकुवा गरेको भोलिपल्टै राष्ट्रिय टिमका कप्तान पारस खड्काले पद छाड्ने घोषणा गरेका छन् । दशकदेखि राष्ट्रिय टिमको नेतृत्व सम्हालेका खड्काले निलम्बन फुकुवाको स्वागत गर्दै राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिएका हुन् । कप्तान पदबाट राजीनामा दिएका खड्का राष्ट्रिय टिममा भने अझै केही समय रहने बताएका छन् ।

आइसीसीको प्रतिबन्ध फुकुवाका लागि निकै लागिपरेका खड्काले एकाएक किन यस्तो निर्णय लिए ? सबै खेलप्रेमी आश्चर्यचकित भएका छन् ।

नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् । २००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पायो ।

सम्बन्धित समाचार