काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार फेरि अस्पताल जानुभएको छ । डायलोसिसका लागि उहाँ बिहान ९ बजे धापासीस्थित ग्राण्डी अस्पताल जानुभएको हो । अस्पतालबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक समेत बोलाइएको छ । मिर्गौलामा समस्या देखिएपछि बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना भई बुधबार र बिहीबार डायलोसिस गरेपछि बिहीहीवार साँझ बालुवाटार फर्किनुभएको थियो ।
शनिबार बसेको नेकपाको सचिवालय बैठकमा समेत प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले बिहान ११ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाउनुभउको छ । बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुलाई आफ्नो स्वास्थ्यका बारेमा व्रिफिङ गर्ने छन् ।
यसअघि हिजो बसेको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्था, उपचार बारेमा व्रिफिङ गरेका थिए । आजै नेकपाको सचिवाल बैठक पनि बस्ने र उपनिर्वाचनाका लागि उम्मेदवार टुंगो लगाउने तय भएको थियो । शनिवार बसेको बैठकले उम्मेदवारको टुंगो नलगाएका कारण आज बस्ने बैठकले यसबारे निर्णय गर्ने बताइएको छ ।