free website hit counter

आज सरकारको नीति तथा कार्यक्रम

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ। सरकारले ल्याउने नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार, कृषि उत्पादनमा बृद्धि र रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखिने बुझिएको छ।
नीति तथा कार्यक्रममा कोरोना माहामारीका कारण शिथिल बनेको अर्थतन्त्रको पुनरुत्थानमा जोड दिने छ। त्यस्तै साना तथा मझौला उद्योग र निजी क्षेत्रलाई प्रोत्साहन दिने किसिमको नीति तथा कार्यकक्रम ल्याइने स्रोतको भनाई छ। पर्यटन, सामाजिक सुरक्षा, विपन्न समुदायका लागि समेत नीति तथा कार्यक्रममा प्राथामिकता दिइएको छ। सरकारको यही नीति तथा कार्यक्रमलाई नै आधार मानेर जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट ल्याइने छ ।

सम्बन्धित समाचार