free website hit counter

आज सातै प्रदेशमा बजेट

beemaadmin
२०७७ असार १, सोमबार

काठमाडौं । संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक प्रावधान छ भने प्रादेशिक सरकारका लागि असार १ गते बजेट ल्याउने प्रचलन रहेको छ । सोही प्रचलन बमोजिम सातै प्रदेशका सरकारहरुले तेस्रो नियमित बजेट आज प्रस्तुत गर्दैछन् । सातवटै प्रदेशका प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्रीद्वारा प्रस्तुत हुने बजेटमा कोरोना नियन्त्रण र रोकथामका लागि मुख्य प्राथमिकता दिइएको छ । स्रोत हुँदाहुँदै पनि पर्याप्त जनशक्ति र कार्ययोजना नहुँदा विनियोजित बजेट खर्च गर्न नसकेका प्रदेश सरकारले चालु आवमा पनि लक्ष्यअनुसार राजश्व उठाउन र खर्च गर्न सकेनन् । आज प्रस्तुत हुने बजेटमा कोरोना नियन्त्रणका अलावा पूर्वाधार विकास र प्रदेश मुकाम तोकिएका प्रदेशहरुले राजधानीको पूर्वाधार विकासका लागि पर्याप्त बजेट छुट्याएका छन् । प्रदेश नं. १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले प्रदेश मुकाम तोकिसकेका कारण पूर्वाधार विकासका लागि यो बजेटमा बजेट विनियोजन गर्ने भएका छन् भने प्रदेश नं. २ र ५ ले भने प्रदेश मुकाम तोक्न नसकेका कारण यस पटक पनि राजधानीको पूर्वाधार निर्माणमा बजेट विनियोजन गर्न पाएका छैनन् ।

सम्बन्धित समाचार