free website hit counter

इन्भेष्टमेन्ट बैंकको नाफा ४ अर्ब ८ करोड

beemaadmin
२०७९ श्रावण ११, बुधबार

काठमाडौं । नेपाल इ्भेष्टमेन्ट बैंकले खुद नाफा १४ दशमलव ८३ प्रतिशतले बढाएको छ। बैंकले बुधबार वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा चार अर्ब आठ करोड रुपैयाँ भएको जानकारी दिएको छ। यद्यपि यो वृद्धिदर अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । त्यस वर्ष बैंकले ५० प्रतिशतभन्दा बढी दरले नाफा बढाएको थियो।
अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा वृद्धिदर घटे पनि ब्याज आम्दानीमा भने वृद्धि भएको छ। खुद ब्याज आम्दानी ६.३६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ब्याज आम्दानी ३.१९ प्रतिशतले घटेको थियो । विवरणअनुसार बैंकले कर्जाको ब्याज उठाएर पाँच अर्ब ९४ करोड रुपैयाँ आम्दानी गरेको छ । जबकी अघिल्लो वर्ष यस्तो आम्दानी पाँच अर्ब ५९ करोड रुपैयाँ थियो।
शुल्क र कमिशनबापत बैंकले एक अर्ब २६ करोड रुपैयाँ कमाएको छ। यो पनि अघिल्लो आर्थिक वर्षको तुलनामा बढी छ। बैंकको ब्याज स्प्रेड दर ३.३३ प्रतिशतबाट ४ प्रतिशत पुगेको छ।

सम्बन्धित समाचार