free website hit counter

एक महिनामा जीवन बीमा कम्पनीले संकलन गरे २ अर्ब ८४ करोड प्रिमियम

beemaadmin
२०८० माघ ११, बिहीबार

काठमाडौं । अर्थतन्त्र कमजोर बन्दाको असर मुलुकका सबै क्षेत्रमा देखिएको छ । त्यो असरले बीमा व्यवसायलाई पनि प्रभावित पार्ने नै भयो । आर्थिक वर्ष २०८०–८१ को पुस महिनामा जीवन बीमा कम्पनीहरुले साढे २ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले पुसमा ४ लाख ४२ हजार ६०६ वटा बीमा पोलिसी विक्री गरी २ अर्ब ८४ करोड ३५ लाख ६९ हजार रुपैयाँ रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन । पुसमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले पुसमा ५६ करोड २२ लाख ७४ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रहेको छ । कम्पनीले यस अवधिमा ३७ करोड १४ लाख ५५ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको हो । तीन वटा लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएको बनेको हिमालयन लाइफले २४ करोड १८ लाख ७२ हजार रुपैयाँ प्रथम बीमा प्रिमियम संकलन गरेको छ । एलआइसी नेपालले २३ करोड ९९ लाख १५ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले २१ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १७ करोड ९२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, आईएमई लाइफले १७ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले १७ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले १५ करोड ८६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १५ करोड ६२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । त्यसैगरी सन नेपाल लाइफले १४ करोड २६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । मेट लाइफले १२ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ७ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

सम्बन्धित समाचार