free website hit counter

एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

beemaadmin
२०७७ फाल्गुन १८, मंगलवार

काठमाडौं । लगातार ओरालो लागेर फेरि उकालो यात्रामा लागेको सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ । सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारकालागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ । यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो । सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८१ फाल्गुन ४, आईतवार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार