free website hit counter

एनआईसी एशियाको नाफा २ अर्ब ४० करोड

beemaadmin
२०७८ माघ ७, शुक्रबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफा सामान्य बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ४० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.८१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.०८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १२.५९ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७ करोड १९ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३४ करोड २० लाख रुपैयाँ रहेको छ। जसले गर्दा सञ्चालन मुनाफामा केही दबाब पुगेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड ९३ लाख रुपैयाँ रहेको छ।

Advertisement
Advertisement

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३५ रुपैयाँ ७३ पैसाबाट बढेर ४१ रुपैयाँ ५४ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा रहेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष २३.६८ प्रतिशत बढेको छ। सो अवधिमा बैंकको निक्षेप २.७६ प्रतिशत बढेको छ भने कर्जा ५.२९ प्रतिशत बढेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार