free website hit counter

एभरेष्ट बैंकले बढायो नाफा

beemaadmin
२०७८ कार्तिक १५, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै एभरेष्ट बैंक लिमिटेडले बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको देखाएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२।९२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफामा वृद्धि र इम्पेरिमेन्ट चार्जको लागि कम रकम छुट्याउदा बैंकको नाफा बढ्न टेवा पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ७२.९९ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १०.८६ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १।९८ प्रतिशतले मात्र बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २.३२ प्रतिशत बढेको छ भने कर्जा ६.१३ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २७.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार