काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९–८० एनएफआरएस बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल तथा पारित गरेको छ । सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा १ जनालाई नियुक्त गर्ने निर्णय गरिएकोमा सो को अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष ०८०–८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रु ५ अर्ब चुक्ता पूँजी पुर्याउन ७।७५५ बोनश शेयर वितरण पश्चात हुने चुक्ता पूँजी रु ३,३९,९८, ३६, ३०७ को ४२ प्रतिशत अर्थात १ः०।४२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले उल्लेखित बोनश शेयर वितरण र हकप्रद शेयर निष्काशन पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने छ । साथै, शेयर संरचनामा परिवर्तन पश्चात् संचालक समितिको संरचनामा समेत परिवर्तन गर्नका लागि संचालक समितिमा संस्थापक समूहबाट ३ जना, सर्वसाधारण समूहबाट २ जना तथा १ जना स्वतन्त्र संचालक रहने गरी जम्मा ६ जनाको संचालक समिति कायम रहने र सोही बमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।