काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको दाङ्ग शाखाले घातक रोग बापत दावी भुक्तानी गरेको छ । कम्पनीले मुटुको भल्भ सर्जरी सुविधा वापतको दावी रकम घोराही उप महानगरपालिका वडा न ७ निवासी राम भगत चौधरीलाई चेक मार्फत २० लाख रुपैयाँ भुक्तानी गरेको हो । एक कार्यक्रमकाबीच बीमितलाई कम्पनीका क्षेत्रिय प्रमुख केशवराज गिरी, प्रमुख अतिथि घोराही ७ का वडा अध्यक्ष खोपीराम चौधरी, अभिकर्ता, कर्मचारी, स्थानिय संचारकर्मी तथा उनका परिवार आफन्तको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि खोपीराम चौधरीले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तरण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराए । कार्यक्रमको अध्यक्षता दाङ्ग शाखाका क्षेत्रिय प्रमुख केशवराज गिरीले गरेका थिए भने कार्यक्रम संचालन दाङ्ग शाखाका अप्रेसन ईन्चार्ज बिनोद गिरीले गरेका थिए ।