free website hit counter

एशियन लाइफले दिनेभयो नविकरण शुल्कमा व्याज छुट

beemaadmin
२०७८ जेष्ठ २७, बिहीबार

काठमाडौं । कोरोना कहरले विश्व आतंकित बनिरहेको बेला एशियन लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बीमितलाई नवीकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको छ । कम्पनीले निषेधाज्ञा जारी भएदेखिको नविकरण बीमाशुल्कमा लाग्ने ब्याज छुट दिने भएको हो । कोभिड १९ महामारीको कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै तोकिएको समयमा नविकरण भुक्तानी गर्न बाँकी रहेकाहरुलाई छुट दिने भएको छ । कम्पनीले बैशाख १६ गते देखि नविकरण बीमाशुल्कमा लाग्ने ब्याज अर्को सूचना जारी नभएसम्मको लागि छुट दिने जनाएको छ । यस्तै कम्पनीले बीमाशुल्क अनलाइन मार्फत ई सेवा, फोनपे, मोबाइल बैंकिंग एप्स र कनेक्ट आइपिएसको माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

सम्बन्धित समाचार