काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनी हात खाली हुने भएको छ । कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको फागुन १८ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो । कम्पनीले २०७५–७६ को नाफा–नोक्सानबाट प्राप्त रकम संचित मुनाफा जगेडा कोषमा नै रहने भएपछि उक्त आर्थिक वर्षको मुनाफाबाट बोनस तथा नगद लाभांश वितरण नगर्ने जनाएको छ ।