काठमाडौं । सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको एसियन लाईफ इन्स्योरेन्सका भुक्तानीहरु अब पूर्ण स्वचालित हुने भएका छन् । एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसमा आबद्ध भएसँगैं अब सम्पूर्ण भुक्तानीहरु एनआइसि एसिया बैंकमा रहेको खाताबाट स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुनेछ । योसँगैं एसियन लाईफले आजबाट कारोबार सुचारु गरेको छ । यसरी एनपिआईमा रहेका कनेक्ट आइपिएस तथा एनसिएचएल आइपिउस प्रणालीहरु मार्फत स्वचालित रुपमा एसियान लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरु गर्न सक्नेछ । एसियन लाईफले बीमा प्रिमियम संकलनका लागि पहिलेदेखि नै विभिन्न डिजिटल माध्यमको प्रयोग गर्दै आएको थियो भने यस व्यवस्थापछि कम्पनीको सेवा सञ्चालन थप छरितो र सहज हुनुका साथै कम्पनीको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको कम्पनीले जनाएको छ । एसियन लाईफसँगै २८ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क ९प्रिमियम० को संकलन हाल अनलाइन मार्फत भइरहेको छ भने ६ वटा बीमा कम्पनी भने एनपिआई प्रणालीमा आवद्ध भैसकेका छन् । एनिपआई नेपाल क्लियरिङ्ग हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ जसमा हाल ६१ सदस्य बैंक वित्तिय संस्थाहरु आवद्ध छन् । १४ वर्ष भन्दा बढीको सञ्चालन अवधिमा एसियन लाईफले आफ्ना १४६ शाखाहरु तथा ९३ हजार भन्दा बढी एजेन्टहरु मार्फत ५ लाख ६८ हजार भन्दा बढी बीमा कर्ताहरुलाई बीमा सम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ ।