काठमाडौं । अभिकर्ताको दक्षता अभिवृद्धि गर्न निरन्तर तालिम दिँदै आएको एलआईसी नेपालले आफ्नो कम्पनीका ३० वटा शाखाका कर्मचारीलाई पनि दक्ष बनाई सेवालाई चुस्त बनाउन तालिमको व्यवस्था गरेको छ । आफ्ना कर्मचारीलाई बीमालेख बिक्री तथा जोखिममाङ्कन, दाबी भुक्तानी, अफिस सञ्चालन, बजार व्यवस्थापन तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी २ दिने तालिम दिएको हो ।
उक्त तालिम एलआईसी नेपालको शिक्षालय नक्सालमा चैत २६ र २७ गते तालिम व्यवस्थापक विनोद भुजेलको संयोजकत्वमा सम्पन्न भएको थियो । तालिम समापनमा कम्पनीका कार्यकारी अधिकृत (सिइओ) लक्ष्मीप्रसाद दासले यस्ता तालिम अबदेखि नियमित बनाई प्रत्येक शाखाका कर्मचारीको दक्षता वृद्धि गराउने कुरामा विश्वस्त बनाउनुभयो ।