free website hit counter

काठमाडौँ र ललितपुरमा कर्फ्यु आदेश

beemaadmin
२०८२ भाद्र २४, मंगलवार

काठमाडौं । काठमाडौँमा पनि आज बिहानैदेखि मध्यरातिसम्म कर्फ्यु आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरपालिकाको चक्रपथ क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरेको हो।
उता, स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। सूचना अनुसार ललितपुर महानगरपालिकाको वडा नम्बर २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कर्फ्यु लगाइएको छ। यी क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ। त्यसैगरि ललितपुर महानगरको वडा नम्बर ४, ५, १५ र २४ को भैँसेपाटी क्षेत्र, वडा नम्बर २ सानोपास्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नम्बर १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागू हुने प्रमुख जिल्ला अधिकारी घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार