free website hit counter

काठमाडौंमा ६ सहित १५ जनाले ज्यान गुमाए

beemaadmin
२०७७ आश्विन २१, बुधबार

काठमाडौं । कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि थपिन थालेको छ । नेपालमा एकै दिन १५ जना संक्रमित थपिएका छन्। यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ। यसअघि मंगलबार नेपालमा ९ जनाको मृत्यु भएको थियो। नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार