free website hit counter

कुन प्रदेशमा कस्तो छ जीवन बीमाको अवस्था ?

beemaadmin
२०८० असार १७, आईतवार

काठमाडौं । बीमा चेतना र सुगमताले जीवन बीमा व्यवसायको अवस्था निर्धारण गर्दछ । भर्खर भर्खर बीमा चेतना बढ्दै जाँदा बीमाको पहुँच ४५ प्रतिशत पुगेको छ । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठसम्ममा १ खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा १५ जीवन बीमा कम्पनीहरुले १ करोड ४० लाख ६९ हजार ९२७ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । बीमाशुल्क आर्जनको आधारमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशले मात्रै करिब आधा हिस्सा ओगटेको छ । चालु आर्थिक वर्षको जेठसम्ममा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्क मध्ये ४४.८९ प्रतिशत अर्थात ५५ अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बराबरको बीमाशुल्क बागमती प्रदेशबाट मात्रै संकलन भएको नेपाल बीमा प्राधिकरणको तथ्यांक छ । जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट ९३ लाख ७५ हजार ८८२ वटा बीमालेख बिक्री गरि सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् । बागमती प्रदेशपछि लुम्बिनी प्रदेशबाट सबै भन्दा धेरै बीमाशुल्क संकलन भएको छ । लुम्बिनीबाट जीवन बीमा व्यवसाय मार्फत १८ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १४.७२ प्रतिशत हुन आउँछ । जीवन बीमा व्यवसायमा कोशी प्रदेशको पनि १२.०९ प्रतिशत अर्थात १५ अर्ब ६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै गण्डकी प्रदेशबाट १२ अर्ब ३६ करोड रुपैयाँ, मधेश प्रदेशबाट ११ अर्ब ५० करोड रुपैयाँ र सुदरपश्चिम प्रदेशबाट ६ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । यसै कोशी प्रदेशबाट १६ अर्ब ६ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । सबै भन्दा कम बीमाशुल्क आर्जन गर्नेमा भने कर्णाली प्रदेशको रहेको छ । यस अवधिमा कर्णाली प्रदेशले २ लाख १७ हजार ६५० वटा जीवन बीमालेख बिक्री गरी ४ अर्ब ९७ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ३.९९ प्रतिशत मात्रै हुन आउँछ ।

सम्बन्धित समाचार