free website hit counter

कोरोना बीमामा १२ अर्बको दाबी, अझै ३ अर्ब आवश्यक

beemaadmin
२०७८ असार ८, मंगलवार

काठमाडौं । सरकारले आफ्नो दायित्व समयमा पूरा नगर्दा कोरोना बीमोको दाबी भुक्तानी रोकिन पुगेको छ । अर्थ मन्त्रालयले रकम निकासा गरेका कारण कोरोना बीमा दाबी भुक्तानी रोकिन पुगेको हो । बीमा समितिले कोरोना बीमा दाबी भुक्तानीका लागि अर्थमन्त्रालयसँग तीन अर्ब रुपैयाँ माग गरेको थियो । समितिबाट माग भएको रकम अर्थमन्त्रालयले निकासा नगरेपछि कोरोना बीमा दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब निर्जीवन बीमा कम्पनीहरुले र दोस्रो एक अर्ब रुपैयाँको दाबी पुनर्बीमा कम्पनीले, तेस्रो चरणको ५० करोड रुपैयाँ निर्जीवन बीमा कम्पनीहरुले महाविपत्ती कोषबाट र चौथों चरणमा बीमा समितिबाट एक अर्ब रुपैयाँ व्यहोर्नुपर्ने व्यवस्था छ । त्यस अनुसार निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको जागेडा कोषबाट भुक्तानी गर्नुपर्ने रकम बराबरको दायित्व सकाइसकेको छ । निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र बीमा कम्पनीहरुको जागेडा कोषबाट व्योर्होनुपर्ने ३ अर्ब ५० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेपछि कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकारमा सरेको हो । तर सरकारले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी नगरेपछि बीमितहरुले पाउने दाबी भुक्तानी रकम रोकिएको हो । हालसम्म कोरोना बीमामा करिब १२ अर्ब रुपैयाँ बराबरको दाबी परेको छ । हालसम्म करिब ९ अर्ब रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।

सम्बन्धित समाचार