free website hit counter

कोरोना बीमामा ८४ हजारको माग दाबी, ४८ हजारले पाए भुक्तानी

beemaadmin
२०७७ फाल्गुन २२, शनिबार

काठमाडौं । बीमा समितिले नयाँ नेतृत्व पाएसँगै समितिका कार्यहरु चुस्त बन्दै जान थालेका छन् । नयाँ नेतृत्वको सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको कोरोना बीमाको दाबी भुक्तानीले पनि गतिलिएको छ ।

कोरोना बीमा वापत हालसम्ममा ४८ हजार बढीले कोरोना दाबी भुक्तानी पाएका छन् । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका अनुसार कोरोना बीमामा परेका दाबीमध्ये फागुन २१ गतेसम्ममा ४८ हजार ६९ जनाले ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी पाएका हुन् । यो अवधिमा सबै बीमा कम्पनीमा गरी ८४ हजार ८७४ वटा दाबीको मात्र कागजात पूरा भएको समितिले जनाएको छ ।

जसमध्ये करिब ४८ हजार ०६९ को फागुन २१ गते शुक्रबारसम्ममा भुक्तानी भएको हो । भुक्तानी हुन बाँकी दाबीमध्ये ३ हजार ११२ वटा स्वीकृतिको प्रक्रियामा रहेको, १० हजार ९४६ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पेन्डिङ्ग र ४ हजार २३३ वटा दाबी ईडीसीडीमा पठाउने तयारीमा रहेको समितिले जनाएको छ ।

त्यस्तै, समितिको तथ्यांक अनुसार ३ हजार ६३९ वटा दाबी भुक्तानीका लागि बीमा कम्पनीमा पठाइएको छ । त्यसैगरी, १४ हजार ३९३ दाबी उपर छानबिन भइरहेको र ४८२ वटा दाबी भुक्तानीयोग्य नरहेको बताइएको छ ।

सम्बन्धित समाचार