free website hit counter

कोरोनामाथि थपियो सलहको व्यथा

beemaadmin
२०७७ असार १३, शनिबार

काठमाडौं । कोरोना महामारीको सामना गरिरहेका बेला प्रकृतिले अर्को प्रहार गरेको छ । कोरोनाले ज्यान बचाउन गाह्रो परिरहेको बेला विनाशकारी सलहर अब बीउ पनि जोगाउनु पर्ने अवस्थाको सिर्जना गर्दैछ । ठूलो समूहमा हिड्ने, लामो दूरीसम्म उड्न सक्ने विनाशकारी कीरा सलह नेपाल प्रवेश गरिसकेको छ । नेपालका बारा, पर्सा, रुपन्देही, सर्लाही लगायतका जिल्लामा शनिबार बिहानदेखि सलह देखिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जानकारी दिएका छ । बाराको निजगढ, डुमरवाना क्षेत्रमा सलह देखिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित जानकारी दिनुभयो ।प्रजिअ पण्डितका अनुसार बाराका कृषि कार्यालय र स्थानीय तहसँग समन्वय गरी तस्बिर खिचेर मन्त्रालयमा पठाइएको छ । सलह कीराबारे अनुसन्धान भइरहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । फट्याङ्गा जातका यी कीराले हरियो रुखपाल तथा अन्नबालीमा बसी खाएर नष्ट पार्ने हुनाले अनिकाल तथा भोकमरी उत्पन्न हुने खतरा हुन्छ । कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवलगायतले बारा जिल्लामा देखिएका सलहका तस्बिर तथा भिडियो सामाजिक सञ्चालमार्फत सार्वजनिक गर्नुभएको छ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार