free website hit counter

गरिमा विकास बैंकले ल्यायो मेरो सेयर बचत खाता, यस्ता छन् सुविधा

beemaadmin
२०७७ माघ १९, सोमबार

काठमाडौं । गरिमा विकास बैंकले सेयर बजारलाई आम नागरिकको पहुँचसम्म पुर्याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ ।

यो खाता अन्तर्गत ग्राहकले न्युनतम ५०० रुपैयाँमा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी आस्बा सुविधा लिन सक्नेछन् । त्यस्तै, पहिला नै डिम्याट खाता हुने ग्राहकहले पनि यो खाता खोली निःशुल्क सी आस्बाको सुविधा लिन सक्नेछन् ।

Advertisement
Advertisement

‘मेरो सेयर बचत खाता’मा बैंकले आर्कषक ५.५ प्रतिशत ब्याजदर प्रदान गर्ने बताएको छ । वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत बैंकले उक्त सुविधा दिने भएको हो ।

Advertisement
Advertisement

जनमानसमा सेयर प्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयर मार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पुर्याउने यो खाताको मुख्य उद्देश्य रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको छ ।

सम्बन्धित समाचार