काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा झरेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १३५० रुपैयाँमा कारोबार भइरहेको छ।